Rule 90
सरकारी काम काज सम्बन्धी समाचार प्रकाशन गर्नमा प्रतिबन्ध
: कुनै पनि सशस्त्र प्रहरी कर्मचारीले नेपाल सरकारद्वारा वा विशेष रुपबाट अख्तियार नपाई आफूले सरकारी कर्तव्यको पालना गर्दा जानकारीमा आएको कुनै गोप्य वा कानूनद्वारा निषेधित विषय, आफूले लेखेको वा सङ्कलन गरेको कुनै कागजपत्र वा समाचार प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट अनधिकृत सशस्त्र प्रहरी कर्मचारी वा व्यक्ति वा प्रेसलाई दिनु वा बताउनु हुँदैन । यो प्रतिबन्ध जुनसुकै कारणबाट सशस्त्र प्रहरी सेवाबाट अलग भएको व्यक्तिको हकमा समेत लागू हुनेछ ।